
विराटनगर, २४ भदौ । कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले दुईवटा अध्यादेश जारी गरेका छन् ।
अध्यादेश जारी भएसँगै बजेटविहीनता अन्त्य भएको छ । प्रदेश प्रमुखले आर्थिक अध्यादेश, २०८० र कोशी प्रदेश विनियोजन अध्यादेश, २०८० जारी गरेका हुन् ।
गएको जेठ ३२ गते तत्कालीन मुख्यमन्त्री हिक्मत कार्कीले अध्यादेशमार्फत ल्याएको बजेट प्रतिस्थापन विधेयकमार्फत पारित हुन नसकेपछि निष्क्रिय भएको थियो ।
अध्यादेश जारी भएसँगै बजेट बिहीनताको अवस्था सकिएको हो ।
















प्रतिक्रिया