शुक्रबार, ४ जेठ २०८१
DainikNepal.com
शुक्रबार, ४ जेठ २०८१

दिनभरका TOP 15 NEWS: स्थिरताका लागि कांग्रेस–एमाले सहकार्यमा जोड, सांसदद्वारा प्रहरी मार्ने धम्की

दैनिक नेपाल २०८० भदौ २३ गते २१:३९

काठमाडौं, २३ भदौ । गत वर्षको मंसिरमा सम्पन्न संसदीय निर्वाचनबाट प्राप्त परिणामका कारण मुलुकमा राजनीतिक अस्थिरता बढेको भन्दै संसदको ठूलो दल नेपाली कांग्रेस र दोस्रो दल नेकपा एमाले मिलेर मुलुकलाई निकास दिनुपर्नेमा नेताहरूले जोड दिएका छन् ।

पछिल्लो समय कोशी प्रदेशमा भइरहेको सरकार बनाउने र गिराउने खेललले मुलुकलाई मध्यावधितर्फ धकेल्ने चिन्ताका साथ नेताहरूले कांग्रेस–एमाले सहकार्य जरुरी रहेको बताउन थालेका हुन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलगायत नेताहरूले दुई ठूला पार्टीबीचको सहकार्य अपरिहार्य भएको बताएका हुन् ।

यसैबीच, नेपाली कांग्रेसबाट निर्वाचित कोशी प्रदेश सभा सदस्य खगेनसिंह हाङगामले ड्युटीमामा रहेका प्रहरी अधिकृतलाई नै ज्यान मार्ने धम्की दिएका छन् ।

हेरौँ आज दिनभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरू–

प्रतिक्रिया
सम्बन्धित