
रूकुम (पूर्व), २३ भदौ । प्रेस चौतारी नेपाल रूकुम (पूर्व) शाखाको पहिलो अधिवेशनले माधव केसीको अध्यक्षतामा कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ ।
कमिटीको उपाध्यक्षमा सौगात गौतम, सचिवमा सुबिना गौतम, सहसचिवमा सोनिलिजा गौतम, कोषाध्यक्षमा शेरबहादुर केसी छन् ।
त्यसैगरी, सदस्यहरूमा नवीना केसी, सविना केसी, सपना राम्जाली, माया रिजाल र अविनेस गौतम चयन भएका छ न् ।
महिला उपाध्यक्ष, समावेशी सहसचिव र एकजना सदस्य पछि मनोनीत गरिने बताइएको छ ।
अधिवेशनको उद्घाटन गर्दै एमालेका पोलिटब्यूरो सदस्य खेममान खड्काले प्रेस चौतारीमा आवद्व पत्रकारले भ्रष्टाचारविरूद्व कलम चलाएर जनतामाझ सहही सूचना फैलाउनुपर्ने बताए ।
यस्तै, प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य एवम् रूकुम (पूर्व) इन्चार्ज गणेश आचार्यले अहिले सरकार भ्रष्टाचारमा लिप्त भएको भन्दै प्रेस चौतारीले त्यसको भण्डाफोर गर्नुपर्ने बताए ।















प्रतिक्रिया