२९ आश्विन २०८३, बिहिबार

घरमै गएर महिला बलात्कार गर्ने चौधरी पक्राउ

1.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कञ्चनपुर, २३ भदौ । कञ्चनपुरमा ३५ वर्षीया महिला बलात्कृत भएकी छिन् ।

महिलालाई बलात्कार गरेको अभियोगमा बेलौरी नगरपालिका–२ टेडुवा बस्ने २५ वर्षीय कञ्चन चौधरीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

चौधरीले ती महिलालाई भदौ २० गते राति पीडितकै घरमा गई बलात्कार गरेको प्रहरीले जनाएको छ ।

घटनाबारे जानकारी पाएलगत्तै ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।