२९ आश्विन २०८३, बिहिबार

कोशीमा एमाले–कांग्रेस सहकार्यको विकल्प छैन : राजेन्द्र लिङ्देन (भिडिओ)

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर, २३ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले कोशी प्रदेशमा एमाले र कांग्रेस मिलेर सरकार बनाई राजनीतिक स्थायित्व दिनुपर्ने बताएका छन् ।

आज शनिबार विराटनगर विमानस्थलमा सञ्चालकर्मीसँग कुरा गर्दै लिङ्देनले अहिलेको व्यवस्थाको संस्थापकहरू एमाले र कांग्रेस मिलेर कोशी प्रदेशलाई जोगाउनु राम्रो हुने बताएका हुन् ।

राप्रपा कुनै पक्षमा नलाग्दा प्रदेशसभा नै विघटन हुने खतरा रहेको भन्दै उनले कांग्रेस र एमाले मिल्न नसके राप्रपाले आवश्यक समयमा उचित निर्णय लिने बताए ।

उनले भ्रष्टाचार छानबिनका नाममा उठाइएका विभिन्न प्रकरणहरूलाई सरकारले सत्ताको रक्षा कवचको रुपमा प्रयोग गरेको तर्क पनि गरेका छन् । आर्थिक कारणले पनि प्रदेशको औचित्य समाप्त हुँदै गएको भन्दै लिङ्देनले जातीय र धार्मिक द्वन्द्व बढाउने कार्य गर्न नहुने जिकिर गरे ।

उनले प्रमुख राजनीतिक दलहरू नै भ्रष्टाचार र सुन तस्करी प्रकरणमा जोडिएकाले निष्पक्ष र स्वतन्त्र रुपमा छानबिन गरिनुपर्ने धारणा व्यक्त गरेका छन् ।

भिडिओ–