२९ आश्विन २०८३, बिहिबार

सुरक्षा चुनौतीबीच सुरू भयो राष्ट्रिय युवा संघ नेपालको कोशी प्रदेश अधिवेशन

882
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धरान, २३ भदौ । राष्ट्रिय युवा संघ नेपालको प्रथम कोशी प्रदेश अधिवेशन उच्च सुरक्षा सतर्कताबीच धरानको लाङ्घाली सामुदायिक वन परिसरमा सुरू भएको छ ।

नेकपा एमालेका उपाध्यक्ष तथा संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्बाङले बिरुवामा पानी हालेर अधिवेशन उद्घाटन गरेका छन् ।

उद्घाटन समारोहमा युवा संघका इञ्चार्ज समेत रहेका पूर्वध्यक्ष तथा पूर्वमन्त्री महेश बस्नेत, एमालेका स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री भानुभक्त ढकाल, केन्द्रीय सदस्य यज्ञराज सुनुवार, कोशी प्रदेशका पूर्वमुख्यमन्त्री तथा एमाले पोलिटब्युरो सदस्य शेरधन राई, कोशी प्रदेश एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारी, प्रदेश सभा सदस्यहरूलगायतको उपस्थिति छ ।

सुरक्षाका दृष्टिले पछिल्लो समय संवेदनशील रहेको धरानमा अधिवेशन लक्षित नेपाल प्रहरीले अधिकृत तहकासहित ३६४ जना प्रहरी खटाएको छ । सशस्त्र प्रहरीले २५० बढी सुरक्षाकर्मी परिचालन गरेको छ ।

नेपाल जनजाती महासंघसहित पहिचानवादीहरूले यही अधिवेशनलाई लक्षित गरी विज्ञप्ति नै जारी गरेर धरान आउने एमाले नेताहरूमाथि ‘जे पनि हुनसक्ने’ भन्दै भौतिक आक्रमण गर्ने धम्की दिएको छ । त्यसकारण यो अधिवेशन सुरक्षा चुनौतीबीच सुरू भएको हो ।

अधिवेशनमा प्रदेशका प्रतिनिधिमूलक १ हजार युवा भेला भएका छन् । अधिवेशनले राष्ट्रिय युवा संघको १ सय १ सदस्यीय प्रदेश कमिटी गठन गर्ने छ ।