शनिबार, २२ वैशाख २०८१
DainikNepal.com
शनिबार, २२ वैशाख २०८१

दिनभरका TOP 15 NEWS: ७० दिनपछि पुन: मुख्यमन्त्री बने हिक्मत कार्की, सुन प्रकरणमा थप एकजना पक्राउ

दैनिक नेपाल २०८० भदौ २२ गते २१:४६

काठमाडौं, २२ भदौ । कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेतासमेत रहेका हिक्मत कार्की नियुक्त भएका छन् ।

सर्वोच्च अदालतको फैसलासँग नेपाली काँग्रेसका उद्दव थापा मुख्यमन्त्रीबाट पदमुक्त भएसँगै कार्की मुख्यमन्त्री नियुक्त भएका हुन् । विश्वासको मत लिन नसकेर पदमुक्त भएका कार्कीले ७० दिनपछि अदालतको परमादेशबाट मुख्यमन्त्री पदमा कमब्याक गरेका हुन् ।

यसैबीच, नवनियुक्त मुख्यमन्त्री कार्कीले पहिलो चरणको मन्त्रिमण्डल गठन गरेका छन् । मुख्यमन्त्री कार्कीले तीनजना मन्त्री र एकजना राज्यमन्त्री नियुक्त गरेका हुन् । जसअनुसार तिलकुमार मेन्याङ्वो ऊर्जा, पाँचकर्ण राई वन तथा वातावरण र एकराज कार्की भौतिक पूर्वाधार मन्त्री नियुक्त भएका हुन् । यस्तै, सृजना राई सामाजिक विकास राज्यमन्त्री बनेकी छिन् । नवनियुक्त मन्त्रीहरूले पनि पद तथा गोपनीयताको सपथ लिएका छन् ।

हेरौँ शुक्रबार दिनभरका मुख्य-मुख्य समाचारका हेडलाइनहरू–

प्रतिक्रिया
सम्बन्धित