२९ आश्विन २०८३, बिहिबार

मेची नदीमा हाम फालेकी महिलाको सकुशल उद्धार

2.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

झापा, २२ भदौ । झापाको मेचीनगर नगरपालिका–१ तिरिङ्ग दोभानस्थित मेची नदीमा हाम फालेकी एक महिलाको सशस्त्र प्रहरीले आज सकुशल उद्धार गरेको छ ।

ईलामको रोङ्ग गाउँपालिका–६ बस्ने ४० वर्षीया सोमा तामाङ्ग सो नदीमा हाम फालेकी थिइन् ।

घटनाको सूचना पाएलगत्तै सशस्त्र प्रहरी बल नेपाल बीओपी तिरिङ्गबाट खटिएको टोलीले उनको सकुशल उद्धार गरेको हो । उनलाई आफन्तको जिम्मा लगाइएको छ । नदीमा हाम फाल्नाको कारण खुलेको छैन ।