
भक्तपुर, २२ भदौ । नेपाल कम्युनिष्ट पार्टी नेकपा जिल्ला कमिटी भक्तपुरले आज आयोजना गरेको सपथ ग्रहण कार्यक्रममा नेकपा एमालेका नयाँ संगठित सदस्यता लिएका १ हजार ७६१ जनाले सपथ ग्रहण गरेका छन् ।
नयाँ संगठित सदस्यहरूलाई नेकपा एमालेका केन्द्रीय सदस्य एवम् भक्तपुर इन्चार्ज कैलाश ढुङ्गेलले सपथ ग्रहण गराए ।
कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य निर्मल भट्टराई, वागमति प्रदेश सभा सदस्य एवम् युवा नेता किरण थापा, सकुन्तला श्रेष्ठ, सूर्यविनायक नगरपालिकाका उपप्रमुख सरिता तिम्सिना भट्टराईलगायतका नेताहरूको सहभागिता रहेको थियो ।
यही कार्यक्रममार्फत भक्तपुर एमालेले ‘मिसन २०८४ अभियान’ सुरू गरेको सन्देश पनि दिएको जनाएको छ । आउँदो निर्वाचनमा भक्तपुरलाई एमालेमय बनाउने बताउँदै जिल्ला कमिटी अध्यक्ष बचन देउजाले वडादेखि मेयरसम्म सबै एमालेका उम्मेदवार विजय हुने र प्रदेशदेखि संघमा समेत एमालेका उम्मेदवार विजयी हुने गरि मिसन सुरू भएको जानकारी दिएका हुन् ।

कार्यक्रममा एमाले भक्तपुर जिल्ला कमिटी अध्यक्ष बचन देउजाले धेरै पहिला औँला काटेर रगतको छाप लगाएर कम्युनिष्टको सदस्यता लिने गरेको स्मरण गराउँदै अहिले एमालेको नीति, सिद्धान्त र विचार मान्ने र देशको समृद्धिका लागि एकताबद्ध हुनेले एमालेको सदस्यता पाउने बताए । यो सपथ ग्रहणको क्षण गौरवशाली पार्टीको गौरवमय क्षण भएको चर्चा गर्दै, भक्तपुर जिल्लामा ७ हजार भन्दा बढी पार्टी संगठित सदस्य र देशभर लाखौँ सदस्य रहेको बताए ।
‘तपाइँहरूले आज सपथ ग्रहण गर्दा खाएको कसम बर्सिनु हुँदैन, सपथ ग्रहणमा खाएको कसम बिर्सिएर घात गर्दा गत निर्वाचनमा एमालेले धेरै ठाउँमा प्रतक्ष्यतर्फको सीट गुमाउनु पर्यो, समानुपातिकमा राम्रो भोट ल्याएको पार्टीले प्रतक्ष्यतर्फ क्षति व्यहोर्दा त्यसले सिङ्गो देशलाई असर पारिरहेको छ, तपाइँ हामीले यतिखेर भोगिरहेका छौँ, त्यसैले आजैबाट मिसन २०८४ सुरू भयो भन्ने ठान्नुस्, आज खाएको कसम सम्झेर आउँदो निर्वाचनमा एमालेलाई देशकै ठूलो पार्टी बनाएर देश चलाउने अबस्थामा पुर्याउनुपर्छ,’ अध्यक्ष देउजाले भने ।
विश्वव्यापी रूपमा कम्युनिष्ट आन्दोलनमा धक्का लागिरहेको बेलामा नेपालमा कम्युनिष्ट आन्दोलन बलियो भएर अगाडि बढिरहेको भन्दै उउनले मदन भण्डारीको योगदान र एमालेको नीति, सिद्धान्छ, बिचार र जबजले एमालेमा जनाकर्षण रहेको चर्चा गरे । आउँदो निर्वाचनमा एमालेको वर्गशत्रुलाई परास्त गरेर ठूलो पार्टी बन्दै सत्ता सञ्चालनमा पुगेर समाजवादको आधारलार्ई पुरा गर्दै पार्टी अध्यक्ष केपी शर्मा ओलीको समृद्ध नेपाल सुखी नेपालीको परिकल्पानालाई साकार पार्नुपर्ने उनको भनाइ छ ।

कार्यक्रममा नेकपा एमालेका उपाध्यक्ष बासुदेव थापाले आजको यो भव्य सपथ ग्रहण कार्यक्रमबाटै भक्तपुर एमालेले मिसन २०८४ सुरू गरेको सन्देश दिए । उनले आउँदो निर्वाचनमा भक्तपुरलाई एमालेमय बनाउने बताउँदै वडादेखि मेयरसम्म सबै एमालेका उम्मेदवार विजय हुने र प्रदेशदेखि संघमा समेत एमालेका उम्मेदवार विजयी हुनेगरी मिसन सुरू भएको बताए ।
‘एमाले भक्तपुरले मिसन २०८४ सुरू गरेको छ, यो मिसनलाई सफल पारेर आउादो निर्वाचनमा वडादेखि नगरसम्म, प्रदेशदेखि संघसम्ममा एमालेले विजय हासिल गर्नेछ र एमालेको सम्बृद्ध नेपाल, सुखी नेपालीको अभियानलाई सार्थकतामा पुर्याउने छाँै, त्यसमा सबैलाई लाग्न आह्वान गर्दछौँ,’ उपाध्यक्ष थापाले भने ।
कार्यक्रम सञ्चालन एवम् जल्लासचिव मोहनवीर श्रेष्ठले नयाँ संगठिन सदस्यको जुझारूपनले एमालेको लक्ष्य प्राप्तीमा थप सहयोग पुग्ने बताउँदै एमालेको नीति, सिद्धान्त, विचार र आचरण भन्दा बाहिर कोही पनि नजाने विश्वास व्यक्त गरे ।















प्रतिक्रिया