७ कार्तिक २०८३, शनिबार

निकृष्ट कार्यबाट सिंहदरबारभित्रका सेलिब्रटी बनेका डमरू

476
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ भदौ । नेपाल सरकारका उपसचिव डमरू निरौला महिना दिनअघि खुबै चर्चामा थिए । उनी कुनै उत्कृष्ट काम गरेर चर्चामा रहेका भने होइनन् उनी निकृष्ट कामका कारण चर्चामा थिए ।

महिना दिनअघि उनी झापाको दमक नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत रहँदा नगरपालिकाकै क्वार्टरमा एक महिलासँग अश्लील क्रियाकलाप गरेको भिडिओ सार्वजनिक भएपछि उनी चर्चामा आएका हुन् ।

उनको कर्तुत बाहिरिएपछि गत साउन २४ गते सरकारले उनलाई प्रमुख प्रशासकीय अधिकृतबाट मन्त्रालयमा तानेर जगेडामा राखेको छ ।

अहिले उनी बाहिर गुमनाम जस्तै छन् । तर, उनी सिंहदरबारभित्र भने सेलिब्रेटी भन्दा कम छैनन् । उनलाई हेर्न सिंहदरबारका कर्मचारीको घुँइचो नै लाग्ने गरेको छ ।

जब उनी सिंहदरबार पुग्छन् उनी आएको थाहा पाउने बित्तिकै काम गरिरहेका कर्मचारीहरू काम नै छोडेर उनलाई हेर्न थाल्छन् । आफ्नो हर्कतका कारण लाज लागेर होला डमरू सिंहदरबारभित्र बस्दा अधिकांश समय मास्क लगाउछन् ।

उनी पुग्नासाथ कर्मचारीहरू आँखा तानेर हेर्न थाल्छन् । डम्बरु आएको खबर पाउना साथ कर्मचारीहरू उनी छिरेको कोठामा विभिन्न बाहाना बनाउँदै उनलाई हेर्न छिर्ने गरेका छन् ।