शनिबार, २२ वैशाख २०८१
DainikNepal.com
शनिबार, २२ वैशाख २०८१

दिनभरका TOP 15 NEWS: कोशीमा एमालेको कमब्याक, के हुँदैछ सन्दीपको मुद्दा ?

दैनिक नेपाल २०८० भदौ २१ गते २३:२३

काठमाडौं, २१ भदौ । कोशी प्रदेशमा मुख्यमन्त्री उद्दव थापा पदमुक्त भएका छन् ।

असंवैधानिक रूपमा संसदबाट विश्वासको मत लिएको ठहर गर्दै सर्वोच्च अदालतले थापालाई पद मुक्त गरेको हो । उनी दोस्रो पटक पदमुक्त भएका हुन् ।

नेपाली काँग्रेस संसदीय दलका नेतासमेत रहेको थापा गत साउन १७ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । उनले भदौ ४ गते लिएको विश्वासको मत अवैधानिक भएको भन्दै सर्वोच्चले पदमुक्त गरेको हो ।

उनले प्रदेशसभाका अध्यक्षता गरेका सांसद इस्राइल मन्सुरीलाई पनि मतदानमा सहभागी गराएर बहुमत सांसद पुर्‍याएका थिए । यसअघि पनि सभामुखको समेत हस्ताक्षर लिएर मुख्यमन्त्री बनेपछि थापा सर्वोच्चकै आदेशबाट पदमुक्त भएका थिए ।

थापाले दोस्रो कार्यकालबाट पनि ३८ दिनमै बिदा लिनु परेको हो । सर्वोच्चले थापा पदमुक्त भएसँगै एमालेका हिक्मतकुमार कार्कीलाई ४८ घण्टाभित्र मुख्यमन्त्री नियुक्त गर्न परमादेशसमेत दिएको छ ।

हेरौँ बिहीबार दिनभरका मुख्य-मुख्य समाचारका हेडलाइनहरू–

प्रतिक्रिया
सम्बन्धित