३० आश्विन २०८३, शुक्रबार

ज्योति क्यापिटलद्वारा लाभांश घोषणा, कति पाउँछन् लगानीकर्ताले ?

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ भदौ । ज्योति क्यापिटल लिमिटेडले गत आर्थिक वर्षको कमाइबाट लगानीकिर्ताका लागि लाभांश घोषणा गरेको छ ।

कमलपोखरीस्थित ज्योति विकास बैंकको केन्द्रीय कार्यालयमा आज सम्पन्न संस्थाको पहिलो वार्षिक साधारणसभाबाट १० दशमलव ५१६३ प्रतिशत लाभांश घोषणा गरेको हो ।

उक्त सभाले सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम चुक्ता पुँजीको १० दशमलव ५२६३ प्रतिशत अर्थात् दुई करोड एक्काइस लाख पाँच हजार २३० रुपैयाँ बरार (करसहित) नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

सभाले ज्योति विकास बैंक वाहेकका संस्थापक समूहको शेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालक पदमा अविनास उप्रेतीलाई निर्विरोध निर्वाचित समेत गरेको छ । ज्योति विकास बैंकको सहायक कम्पनीका रूपमा रहेका यस क्यापिटलको चुक्ता पुँजी २१ करोड रहेको छ ।