बिहीबार, २० वैशाख २०८१
DainikNepal.com
बिहीबार, २० वैशाख २०८१

नौजनालाई अनेसास नवरत्न पुरस्कार प्रदान गरिने

दैनिक नेपाल २०८० भदौ २१ गते २२:०६

काठमाडौं, २१ भदौ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले नौजना महिलालाई नवरत्न पुरस्कारले सम्मान गर्ने भएको छ ।

नेपाली साहित्य, कला, संस्कृति र समाज सेवाका क्षेत्रमा संलग्न उनीहरूलाई नगद २५० डलरसहित सम्मान–पत्रले सम्मानित गर्न लागेको हो ।

नवरत्न पुरस्कार समिति संयोजक तारा अधिकारीको संयोजकत्वमा पुनम काफ्ले र गोमा न्यौपानेसंलग्न समितिको हालै बसेको बैठकले उक्त निर्णय गरेको हो ।

समितिको निर्णयअनुसार अनु शाह (साहित्य–बोस्टन), आचार्य प्रभा (साहित्य–कोलोराडो), ज्योति राई (समाजसेवा–न्यूयोर्क), मञ्जु कार्की संग्रौला (डीसी–समाजसेवा), माया गुरूङ (साहित्य– बेलायत), रीतादेवी प्रधान (क्यालिफोर्निया–साहित्य), शान्ता घिमिरे (न्यूजर्सी–साहित्य), डा. संगीता स्वेच्छा (साहित्य–बेलायत) र सुनिता डंगोल (उपमेयर–काठमाडौँ, समाजसेवा) छन् ।

प्रतिक्रिया
सम्बन्धित