१ कार्तिक २०८३, आइतबार

एसिया कपः सुपर फोरका खेल आजबाट, पाकिस्तान र बंगलादेश भिड्दै

812
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० भदौ । पाकिस्तानमा जारी एसिया कपमा आज बधबारदेखि सुपर फोरका खेल हुँदैछ ।

सुपर फोरमा स्थान बनाएको घरेलु टोली पाकिस्तान र बंगलादेशबीचको खेल दिउँसो सवा ३ः१५ बजेबाट सुरु हुनेछ । खेल पाकिस्तानको लाहोर स्थित गद्दाफी स्टेडियम हुनेछ ।

हिजो समूह ‘बी’बाट श्रीलंका र बंगलादेश सुपर फोरमा पुगेसँगै सुपर चारको समिकरण पूरा भएको हो । समुह ‘ए’ बाट पाकिस्तान र भारत फोरमा पुगेका थिए ।

समूह ‘ए’बाट नेपाल र ‘बी’बाट अफगानिस्तानको समूह चरणमै एसिया कपको यात्रा समाप्त भएको छ ।

सुपर फोरमा शीर्ष दुई स्थानमा रहने देश फाइनलमा पुग्ने छ । फाइनल खेल सेप्टेम्बर १७ मा हुनेछ ।