२८ आश्विन २०८३, बुधबार

मानवअधिकारकर्मी मियाँ कतारमा सम्मानित

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ भदौ । मानवअधिकारकर्मी रमजान मियाँ कतारमा सम्मानित भएका छन् ।

कतारको राष्ट्रिय मानवअधिकार कमिटीले प्रोफेसर मियाँलाई सम्मान गरेको हो। कतारको राष्ट्रिय मानवअधिकार कमिटीले गत अगष्ट १ तारिखदेखि सेप्टेम्बर १ तारिखसम्म सञ्चालन गरेको ‘प्रिभेन्टिङ द रिस्क अफ हिट स्ट्रेस’ अर्थात उच्च गर्मीले सिर्जना गर्ने तनाब व्यवस्थापनसम्बन्धी जनचेतनामूलक कार्यक्रममा अविस्मरणीय र उच्च योगदान दिएको भन्दै मियाँलाई सम्मान गरेको हो।

कतारको राष्ट्रिय मानवअधिकार कमिटीका महासचिव सुल्तान हसन अल जमुलाईले मियाँलाई सम्मान गरेका हुन् । डेढ दशकदेखि कतारमा रहेका मियाँलाई यसअघि श्रमिक अधिकारको क्षेत्रमा काम गरेबापत कतार सरकारको गृह मन्त्रालयले सम्मान गरेको थियो ।

उनले कतारमा कार्यरत आप्रवासी नेपालीहरूलाई आइपरेका समस्या समाधानमा कानूनी एवम् अन्य सहयोग गर्दै आएका छन्। रमजानले कतारको श्रम ऐन, कतारमा कार्यरत नेपालीहरूका लागि हित हुने विभिन्न सरकारी डकुमेन्टहरु नेपाली भाषामा अनुवाद गरेका छन् भने केही समयअघि ‘मैले देखेको कतार’ नाममा कृति पनि प्रकाशन गरेका थिए ।

मध्यपूर्वी देशमा काम गर्न जाने नेपालीलाई अरबी भाषा सिक्न सजिलो होस् भनेर उनले ‘अरबी गुरु’ नामक पुस्तक पनि प्रकाशित गरेका छन् ।छन् ।