२९ आश्विन २०८३, बिहिबार

दिनभरका TOP 15 NEWS

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ भदौ । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले द्वन्द्वरत पक्ष राज्य वा विद्रोही जोसुकैले गर्ने जघन्य मानव अधिकार उल्लङ्घनका घटनालाई राष्ट्रिय मानव अधिकार आयोगले जघन्य घटना हो भन्नसक्नुपर्ने बताएका छन् ।

आज ललितपुरको पुल्चोकस्थित राष्ट्रिय मानव अधिकार आयोगको अभिलेख केन्द्र अवलोकनपछि सम्बोधन गर्दै अध्यक्ष ओलीले आमरण अनसनमा रहेको अवस्थामा मृत्यु भएका नन्दप्रसाद अधिकारीको दाहसंस्कारसमेत हुन नसक्नु लोकतन्त्रका लागि सुहाउने कुरा नभएको बताए । यस्तै, बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा सरकारी वकिल तर्फको बहस सकिएको छ ।

आज सरकारी वकिलकोतर्फबाट बहस सकिएर प्रतिवादीकोतर्फबाट बहस सुरू भएको हो । आइतबार सरकारी वकिलकोतर्फबाट चार जनाले बहस गरेकामा आज सरकारी वकिल कार्यालयका जिल्ला न्यायाधीवक्ता जनक प्रसाद घिमिरे, वासुदेव शर्मा, सहायक जिल्ला न्यायाधीवक्ता प्रकाश घिमिरे र प्रकाश ज्ञवालीले बहस गरे ।

प्रतिवादीहरू शिवजी भट्टराई, रुद्र कुमार श्रेष्ठ र बालकृष्ण श्रेष्ठको तर्फबाट बहस सकिएको छ ।

हेरौँ सोमबार दिनभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरू–