
काठमाडौं, १८ भदौ । एसिया कप अन्तर्गत श्रीलंकामा जारी नेपाल र भारतबीचको खेलमा अहिले नेपालले ब्याटिङ गरिरहेको छ । सुरूवाती खेलमा नेपालले भारतलाई दबावमा पारेको छ ।
पालेकेले इन्टरनेशल क्रिकेट स्टेडियममा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ७ ओभरमा कुनै विकेट नगुमाई ३४ रन बनाएको छ ।
कुशल भुर्तेल १७ बलमा २ चौका र १ छक्कासहित २२ रनमा क्रिजमा छन् ।
आसिफ शेख २५ बलमा १ चौकासहित ८ रनमा क्रिजमा छन् ।















प्रतिक्रिया