७ कार्तिक २०८३, शनिबार

एमालेले नेपालको कम्युनिष्ट आन्दोलनको नेतृत्व गरिरहेको छ: शंकर पोखरेल

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ भदौ । चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा चीन भ्रममा रहेका नेकपा (एमाले) का महासचिव शंकर पोखरेल आज बिहान चीनको मुख्य शहर छोङछिङमा रहेको चिनियाँ कम्युनिष्ठ पार्टीको स्कुलमा आयोजित विचार आदनप्रदान तथा अन्तरक्रिया कार्यक्रममा सहभागी भएका छन् ।

कार्यक्रममा बोल्दै महासचिव पोखरेलले जबजको आलोकमा ‘समृद्ध नेपाल, सुखी नेपाली’ को लक्ष्य सहित एमालेले नेपालको कम्युनिष्ट आन्दोलनको नेतृत्व गरिरहेको बताए ।

महासचिव पोखरेलले नेपाली कम्युनिष्ट आन्दोलन विकासमा मुख्य तीन मोडहरू रहेका बताए । जसमा पुष्पलाल श्रेष्ठ(पार्टी स्थापना र संगठन)  , मदन भण्डारी (विचार) र केपी शर्मा ओली (समृद्धि) रहेका छन् ।

उनले एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा समृद्व नेपाल, सुखी नेपालीको लक्ष्य पूरा गर्दै समाजवादको आधार निर्माण गर्ने प्रतिवद्वता व्यक्त गरे । उनले नेपालको समृद्धिमा चिनियाँ अनुभव उपयोगी र महत्त्वपूर्ण रहेको पनि बताए ।

कार्यक्रममा चिनियाँ आधुनिकरणमा छोङछिङको अभ्यासको बारेमा प्रोफेसर सुन लिङ उले र प्रोफेसर सिउ लाईओईले नयाँ युगका लागि चिनियाँ विशेषता सहितको समाजवाद, सि विचारधारा विषयमा प्रस्तुती राखेका थिए ।

भ्रमण टोलीमा पार्टी स्थायी समिति सदस्य तथा परराष्ट्र मामिला विभाग प्रमुख डा। राजन भट्टराई, स्थायी समिति सदस्य तथा प्रचार विभाग प्रमुख राजेन्द्र गौतम, नेताहरू ज्वाला कुमारी शाह, राम राना, टुका हमाल, सहदेब देवकोटा, रचना खड्का, निरज आचार्य, मन्जु गुरुङ, अजय कुमार गुप्ता, मानबिर राई लगायतका नेताहरू रहेका छन् ।