७ कार्तिक २०८३, शनिबार

क्रिकेट खेलाडीले पाउनुपर्ने रकम अबिलम्व उपलब्ध गराउन सांसद शाहीको माग

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञान बहादर शाहीले क्रिकेट खेलाडीले पाउनुपर्ने रकम अलविम्व उपलव्ध गराउन सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा सांसद शाहीले प्रधानमन्त्रीले क्रिकेट खेलाडीलाई पुरस्कार उपलव्ध गराउने घोषणा गरेपनि अहिलेसम्म खेलाडीको खातामा एक पैसा पनि नआएको भन्दै खेलाडीले पाउनुपर्ने रकम अलबिम्व उपलव्ध गराउन सरकारको ध्यानाकर्षण गराएका हुन् ।

उनले खेलाडीलाइ दिने भनिएको रकम रोकिएर राख्नुको कारण समेत माग गरे । शुभकामना मात्रै दिएर खेलाडीको मनोबल उच्च नहुने भन्दै उनले उत्कृट नतिजा निकाल्न अभावलाई हटाउने काम पनि राज्यले गर्नुपर्ने बताए ।

सांसद शाहीले भोकोपेटले राष्टवादलाई कहाँसम्म धान्ने भन्ने प्रश्नचिन्ह खडा हुने समेत बताए ।