२९ कार्तिक २०८३, आइतबार

प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ भदौ । प्रतिनिधि सभाको बैठक आज सोमबार बस्दैछ । संघीय संसद सचिवालयका अनुसार बैठक दिउँसो १ बजे बस्नेछ ।

आजको बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय सम्बन्धी मौखिक प्रश्नहरु सोधिने र तिनको उत्तर दिइने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार आजकै बैठकमा सभामुखले “केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८० माथि विचार गरियोस्” भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरिने कार्यसूची रहेको छ ।