शनिबार, २२ वैशाख २०८१
DainikNepal.com
शनिबार, २२ वैशाख २०८१

दिनभरका TOP 15 NEWS: बालेनको स्टाटसले तरंग, बिकेनन् सन्दीपसहित पाँचजना नेपाली क्रिकेटर

दैनिक नेपाल २०८० भदौ १७ गते २२:२७

काठमाडौं, १७ भदौ । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले शनिबार राति राखेको स्टाटसले तरंग ल्याएको छ ।

बालेनले अस्पताल गएर आउँदै गरेकी आफ्नी श्रीमती सविना काफ्लेको गाडी रोकेर प्रहरीले केरकार गर्दै अमानवीय हर्कत देखाएको भन्दै आक्रोश पोखेका थिए ।

उनले सरकारलाई चोरको संज्ञा दिँदै सिंहदरबारमा आगो लगाउने धम्की दिएका थिए । जसले गर्दा बालेनकै विषयले दिनभर चर्चा पायो । यसमा मानिसहरू पनि बाँढिए ।

एक पक्षले सरकारको बेथिति मनोमानीविरूद्व बालेनको आक्रोश जायज भएको धारणा राखिरहेका छन् भने अर्को पक्षले बालेनले उत्तेजक शैली देखाएको भन्दै आलोचना गरिरहेका छन् ।

हेरौँ आइताबार दिनभरका मुख्य-मुख्य समाचारका हेडलाइनहरू–

प्रतिक्रिया
सम्बन्धित