७ कार्तिक २०८३, शनिबार

एमाले लुम्बिनी प्रदेश अध्यक्षका लागि निर्वाचन हुने, कँडेल र रिजालले दर्ता गराए उम्मेदवारी

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बुटवल, १७ भदौ । नेकपा (एमाले) लुम्बिनी प्रदेशको अध्यक्षका निर्वाचन हुने भएको छ ।

बुटवलमा शनिबारबाट आजसम्म चलेको अधिवेशनले सर्वसम्मत नेतृत्व चयन गर्न नसकेपछि निर्वाचन हुने भएको हो । अध्यक्षका लागि वर्तमान अध्यक्ष राधाकृष्ण कँडेल र केन्द्रीय कमिटी सदस्य हरि रिजाल दावेदार छन् ।

कँडेल र रिजालले आज उम्मेदवारी दर्ता गराइसकेका छन् । कँडेलको प्रस्तावकमा राजुप्रसाद श्रेष्ठ र समर्थकमा भोजराज पोखरेल छन् । यस्तै रिजालको प्रस्तावकमा विजयबिराज विष्ट र समर्थकमा बाला सिंह काउछा छन् ।

निर्वाचन आयोगले सोमबार बिहान १० बजेसम्म मनोनयन दर्ता गर्ने समय तय गरेको छ । नेतृत्वका लागि भोलि नै निर्वाचन हुनेछ ।