७ कार्तिक २०८३, शनिबार

ललितानिवास प्रकरण: पहिलो दिन सरकारी वकिलको तर्फबाट चारजनाले गरे बहस

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ भदौ । बालुवाटारस्थित ललितानिवास जग्गा प्रकरणमा आजदेखि थुनछेक बहस सुरू भएको छ ।

काठमाडौंका जिल्ला न्यायाधीश भोलानाथ ढकालको १३ नम्बर इजलासमा सुरु भएको थुनछेक बहसमा पहिलो दिन सरकारी वकिलको तर्फबाट चारजनाले बहस गरे्का छन् ।

जिल्ला न्यायाधिवक्ता महेश खत्री र रमेश भट्टराई तथा सहायक जिल्लान्यायाधिवक्ताहरु चन्द्र संजेल र दिनेश भट्टराईले सरकारी वलिकको तर्फबाट बहस गरेका हुन् ।

भोलि पनि सरकारी वकिलकोतर्फबाट बहस जारी रहनेछ । सरकारी वकिलको बहस सकिएपछि प्रतिवादीका तर्फबाट बहस सुरु हुनेछ ।