
काठमाडौं, १७ भदौ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र अमेरिकी सिनेटर क्रिस भान होलेनबीच भेटवार्ता भएको छ ।
ओली र होलेनबीच एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा भेटवार्ता भएको हो । भेटमा दुई पक्षीय हित प्रवर्द्धन, कार्यान्वयनमा गएको अमेरिकी सहायता परियोजना एमसिसी, शान्ति प्रक्रियाका बाँकी कामका सन्दर्भमा कुराकानी भएको जानकारी दिइएको छ ।
सिनेटर होलेनले एमसिसी पारित गरेर कार्यान्वयनमा लगेकोमा खुसी व्यक्त गरेका थिए ।
अध्यक्ष ओलीले आफू सरकारमा रहँदा नै शान्ति प्रक्रिया टुंगोमा पुर्याउन पहल गरेको र अहिले पनि अन्तर्राष्ट्रिय प्रतिवद्धता, सर्वोच्च अदालतको फैसला, शान्ति प्रक्रिया पीडितमैत्री हुनेगरी टुंगोमा पुग्नुपर्छ भन्नेकुरालाई ध्यानमा राखेर अघि बढ्ने बताएका थिए ।
यस्तै ओलीले एमसिसी पारित भएर कार्यान्वयनमा लैजान आफूहरूले भूमिका खेलेको स्मरण गराएका थिए ।















प्रतिक्रिया