७ कार्तिक २०८३, शनिबार

नवजीवन अस्पतालको हदैसम्मको लापरबाही, बिरामीको घुँडाभित्रै कपास !

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जनकपुरधाम, १७ भदौ । जनकपुरको नवजीवन अस्पतालले बिरामीको शल्यक्रियाको क्रममा गम्भीर लापरबाही गरेको खुलेको छ ।

मोटरसाइकल दुर्घटनामा घाइते भएका महोत्तरीको भंगहा नगरपालिका ९ का ३० वर्षीय मन्दीप यादवले भदौ ५ मा नवजीवन अस्पतालमा बाँया घुँडाको शल्यक्रिया गराएका थिए ।

आठ दिनपछि अस्पतालबाट डिस्चार्ज भएका यादवको घुँडाको दुखाई बढ्यो साथै घुँडा सुन्निनुका साथै पिप आउन थाल्यो त्यसपछि उनी प्रादेशिक अस्पतालमा भर्ना भए । प्रादेशिक अस्पतालमा चेकजाँचका क्रममा उनको घुँडाभित्र कपास छोडेको पाइएको हो ।

उनको पुन शल्यक्रिया गरेर घुँडाबाट कपास निकालिएको छ । यदी बेलैमा घुँडामा कपास रहेको थाहा नपाएको भए खुट्टा नै गुमाउनुपर्ने अवस्थासमेत आउने अस्पतालले बताएको छ ।

यादवले नवजीवन अस्पताललाई कारबाहीको माग गर्दै क्षतिपूर्तिसमेत माग गरेका छन् । उनले अस्पतालविरूद्व मेडिकल एशोसिएसन (एनएमसी) मा उजुरी समेत दिएका छन् ।