
काठमाडौं, १७ भदौ । चीन भ्रमणमा रहेका नेकपा एमालेका नेताहरूलाई चीनमा स्वागत गरिएको छ ।
एमाले महासचिव शंकर पोखरेलको नेतृत्वमा चीन भ्रमणमा गएको २२ सदस्यीय टोलीलाई चिनियाँ अधिकारीहरूले स्वागत गरेका हुन् । चीनको छोङछिङ म्युनिसिपल फोरेन अफेयर्स कार्यालयका उपनिर्देशक जाउ यीले नेपाली प्रतिनिधिमण्डललाई स्वागत गरेका हुन् ।
महासचिव सहितको टोलीले चिनियाँ कम्युनिष्ट पार्टीका उच्च नेताहरूसँग भेटवार्ता गर्ने बताइएको छ । यस्तै, टोलीले चीनका तीन मुख्य शहर छोङछिङ, बेइजिङ र छिङहाइको भ्रमण पनि गर्ने छ ।
भ्रमण टोलीमा महासचिव पोखरेलसहित स्थायी कमिटी सदस्य तथा परराष्ट्र मामिला विभाग प्रमुख राजन भट्टराई, स्थायी कमिटी सदस्य तथा प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्रप्रसाद गौतम, पोलिटब्युरो सदस्य ज्वालाकुमारी शाह, केन्द्रीय सदस्यहरु राम राना, टुकाभद्र हमाल, सहदेव बोगटी, निरजप्रसाद आचार्य, मञ्जुदेवी गुरूङ, अजयकुमार गुप्ता छन्।
त्यस्तै केन्द्रीय सदस्यहरू रचना खड्का, भगवती थापा क्षेत्री, मानवीर राई, कपिलदेव पोखरेल, जिफन्टका महासचिव लक्ष्मणकुमार शर्मा, अर्घाखाँची अध्यक्ष पिताम्बर भूसाल, युवा संघका अध्यक्ष क्षितिज थेवे, अनेरास्ववियु अध्यक्ष समिक बडाल, परराष्ट्र मामिला विभाग सदस्य गोपाल खनाल, लुम्बिनी प्रदेश किमिटी सदस्य हुमाकुमारी डिसी र सचिवालयबाट राजेश राई र सरोजकुमार रेग्मी भ्रमण टोलीमा छन्।















प्रतिक्रिया