
काठमाडौं, १७ भदौ । कोशी प्रदेश नामाकरणविरुद्ध काठमाडौंमा बसोबास गर्दै आइरहेका किराँत समुदायले विरोधस्वरुप किराँत थाक्थुङ चुम्लुङको स्थापना दिवस मनाएका छन् ।
ललितपुरको जावलाखेलमा उनीहरूले प्रदेशको नाम कोशी खारेज गर्नुपर्ने, ऐतिहासिक पहिचानका आधारमा लिम्बुवान किराँत कायम गर्नुपर्ने भन्दै सडकमा नै किराँत थाक्थुङ चुम्लुङको ३५औँ स्थापना दिवस मनाएका हुन् ।
सांस्कृतिक पहिचानसहित भेला भएका उनीहरूले १ नम्बर प्रदेशको नाम पहिचानका आधारमा हुनुपर्ने मुख्य माग रहेको जनाएका छन् ।
राज्यले आफूहरुमाथि विभेदकारी नीति लिएको र पहिचान मास्ने काम गरेकाले लोकसांस्कृतिक बाजासहित बाध्य भएर स्थापना दिवस मनाउनुपरेको उनीहरुले बताएका छन् ।
त्यस्तै उनीहरूले पहिचानका आधारमा प्रदेशको नामाकरण नभए आन्दोलन जारी राख्ने चेतावनी दिएका छन् । प्रदर्शनमा सहभागीहरुले कोशी नाम खारेज गर, सबैखाले विभेदकारी कानूनहरू खारेज गर लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।















प्रतिक्रिया