७ कार्तिक २०८३, शनिबार

कोशीका मुख्यमन्त्रीले लिएको विश्वासको मतविरुद्धको रिट पूर्ण इजलासबाट टुंग्याइने

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ भदौ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मतको विरूद्व परेको रिट पूर्ण इजलासबाट टुंग्याइने भएको छ ।

आज सर्वोच्च अदालतमा न्यायाधीशद्वय सपना प्रधान मल्ल र सुष्मालता माथेमाको संयुक्त इजलासमा पेसी तोकिएको यो मुद्दालाई पूर्ण इजलासमा पठाउने निर्णय भएको हो।

मुद्दाको अर्को पेशी यही भदौ १८ गते सोमबारलाई तोकिएको छ ।

मुख्यमन्त्री उद्वव थापाले सभाध्यक्षको समेत मत प्रयोग गरेको भन्दै एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीले रिट दायर गरेका थिए ।