७ कार्तिक २०८३, शनिबार

देश ठुला राजनीतिक दलहरूको सिन्डिकेटको शिकार भयो: राजेन्द्र लिङ्देन (भिडिओसहित)

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कपिलवस्तु, १६ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले देश अहिले ठुला राजनैतिक दलहरूको सिन्डिकेटको शिकार भएको बताएका छन् ।

राप्रपा कपिलवस्तुले शनिबार तौलिहवामा आयोजना गरेको नविन राप्रपा कार्यक्रममा उनले देशका विभिन्न प्रकरणमा सबै ठुला दलहरु मिल्ने र मिलिजुली देशलाई सिन्डिकेटको शिकार बनाएको बताएका हुन् ।

अहिले देशको अवस्था असामान्य भएको दाबी गर्दै जनताका दैनिकीमा सरकारले गम्भिरता नदेखाएको समेत उनले बताए ।

कार्यक्रममा राप्रपा केन्द्रिय उपाध्यक्ष तथा लुम्बिनी प्रदेश संयोजक रवीन्द्र मिश्र, केन्द्रिय प्रवक्ता ज्ञानेन्द्र शाही, लुम्बिनी प्रदेश अध्यक्ष प्रदीप कुमार उदय लगायतले पार्टीलाई बलियो बनाउँदै अघि बढ्नुपर्नेमा जोड दिएका थिए ।