७ कार्तिक २०८३, शनिबार

एमालेभित्र विवाद भन्दै अफवाह फैलाएर खेल्न खोजे: शंकर पोखरेल

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रूपन्देही, १६ भदौ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले केही दलका व्यक्तिहरू र केही मिडियाका व्यक्तिहरूले एमालेभित्र विवाद छ भनेर अफवाह फैलाएको बताएका छन् ।

एमाले लुम्बिनी प्रदेशको प्रथम अधिवेशनलाई बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा सम्बोधन गर्दै महासचिव पोखरेलले विष्णु पौडेल र शंकर पोखरेलबीच विवाद रहेको भन्दै अफवाह फैलाएर खेल्न खोजेको बताएका हुन् ।

आफू र उपाध्यक्ष विष्णु पौडेलबीचको एकता कहिलै टुट्न नदिने प्रतिवद्वता व्यक्त गर्दै उनले अफवाह चिर्न लुम्बिनीबाट सन्देश दिने बताए ।

‘लुम्बिनीमा एमाले बलियो देखेर केही शक्तिले यस्तो प्रचार गरेका हुन्, यसमा कुनै सत्यता छैन, एमाले बलियो बनाउन हामी दुईको एकतामा केही समस्या छैन, उनीहरूको अफवाह चिर्न हामीले लुम्बिनीबाट सन्देश दिनेछौँ, आम कार्यकर्तामा यो मेरो प्रतिबद्धता हो। एमालेभित्रको विवाद देखाएर केही दलका व्यक्तिहरू र केही मिडियाका व्यक्तिहरू खेल्न खोजेका छन् । एमाले एक बनाउन विष्णु पौडेल र शंकर पोखरेलको एकता कहिले टुट्न दिने छैनौँ,’ उनले भने ।

पोखरेलले अब माओवादी केन्द्रमा ठूलो पहिरो जाने बताउँदै देशको सम्वृद्धिका लागि माओवादीसहित अन्य दलमा रहेका व्यक्तिहरू धमाधम एमालेमा आइरहेको धारणा राखे ।