
काठमाडौं, १६ भदौ । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन प्रकरणमा जो सुकै भएपनि नछोड्ने बताएका छन् ।
शनिवार ललितपुरमा माओवादी केन्द्रले थालेको विशेष अभियानको उद्घाटन गर्दै गृहमन्त्री श्रेष्ठले जुनसुकै पार्टीको जुनसुकै तहको नेता भए पनि नछोड्ने बताएका हुन् ।
‘माओवादीको नेतृत्वमा सरकार भएकाले आफूलाई चोख्याउँछ कि भन्ने शङ्का गरेको पाएको छु । कुनै शङ्का नगरे हुन्छ, कांग्रेस, एमाले, माओवादी, एकीकृत समाजवादी जुनसुकै पार्टीको जुनसुकै तहको नेता भए पनि सरकारले छाड्दैन,’ उनले भने ।
उनले भेपमा लुकाएर सुन तस्करी गरेको प्रकरणमा मुछिएका माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई पनि प्रमाण भेटिए नछोड्ने स्पष्ट पारे ।















प्रतिक्रिया