७ कार्तिक २०८३, शनिबार

अध्यक्ष ओलीद्वारा एमाले लुम्बिनी प्रदेशको अधिवेशन उद्घाटन

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बुटवल, १६ भदौ । नेकपा एमाले लुम्बिनी प्रदेशको प्रथम अधिवेशन बुटवलमा सुरू भएको छ ।

बुटवलस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा अधिवेशन सुरु भएको अधिवेशनको पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेका हुन् । अधिवेशन भोलिसम्म जारी रहनेछ । भोलि बन्द सत्रको कार्यक्रम रहेको छ ।

यसअघि कार्यकर्ताले राजमार्ग चौराहाबाट अधिवेशनस्थलसम्म जुलुस तथा झाँकी निकालेका  थिए ।

अधिवेशनका लागि अध्यक्ष ओलीसहित उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, केन्द्रीय सचिव तथा प्रदेश इन्चार्ज पद्मा अर्याल, सचिवहरू छविलाल विश्वकर्मा, गोकर्ण विष्ट लगायतका नेताहरू पनि बुटवल पुगेका छन् ।

अधिवेशनबाट प्रदेश कमिटीले नयाँ नेतृत्व पाउनेछ । प्रदेश कमिटीको अध्यक्षका लागि वर्तमान प्रदेश अध्यक्ष राधाकृष्ण कँडेल र हरि रिजाल आकाङ्क्षीका छन्।