७ कार्तिक २०८३, शनिबार

विदेशी सहयोगलाई जनताको हितमा कार्यान्वयन गर्नुपर्छ: सभामुख घिमिरे (भिडिओसहित)

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ भदौ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले राष्ट्रियतालाई प्राथमिकतामा राख्दै विदेशी सहयोगलाई जनताको हितमा कार्यान्वयन गर्नुपर्ने बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित विश्व परिवेशमा चीनको अर्थतन्त्र र नेपालमा त्यसको प्रभाव बिषयक कार्यक्रममा सभामुख घिमिरेले एमसीसी, बीआरआइ लगायतका कार्यक्रमलाई राष्ट्रियतालाई प्राथमिकतामा राख्दै जनताको हितमा कार्यान्वयन गर्नुपर्ने बताएका हुन् ।

चीन र भारतको आर्थिक प्रगतीबाट फाइदा लिने क्रममा नेपाललाई अवसर र चूनौती दुवै रहेको सभामुखले बताए । सभामुख घिमिरेले चीन र भारतको प्रभावलाई सन्तुलन राख्दै राष्ट्रियतालाई मजबुद बनाउँदै नेपाली जनताको आत्मनिर्भरताका लागि अघि बढाउन कस्तो बाटो लिने भन्नेबारे बहस हुनुपर्ने जिकिर गरे ।

मुलकमा परिवर्तन आएपनि कृषि बस्तुमा बाह्य निर्भर हुनुपर्ने, दक्ष जनशक्ति बाहिरिनुपर्ने अवस्था, उद्योगधन्दाहरू बन्द हुँदै गएको अवस्थालाई अन्त्य गर्न गम्भीर भएर सोच्नुपर्ने उनको भनाइ छ ।

सभामुख घिमिरेले मुलुकलाई विकासको बाटोतर्फ अघि बढाउन मावनस्रोत, प्राकृतिक स्रोत साधनको उपयोगलाई ध्यान दिनुपर्ने धारणा राखे ।