२९ आश्विन २०८३, बिहिबार

रिलायबल नेपाल लाइफले भव्य रूपमा मनायो छैटौं वार्षिकोत्सव

448
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ भदौ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी जीवन बीमा कारोबार सुरू गरेको ६ वर्ष पूरा गरी सातौं वर्षमा प्रवेश गरेको छ ।

त्यस उपलक्ष्यमा कम्पनीप्रति विश्वास गरी बीमालेख खरिद गर्ने करिब ७० लाख बीमितहरू, कम्पनीको पहुँचलाई दूरदराजसम्म पुर्‍याउन अहम् भूमिका खेल्ने रिलायबल एडभाइजर ग्रुप, नियमनकारी निकायहरू, लगनीकर्ताहरू, अहोरात्र कामप्रति समर्पित कर्मचारी वर्गहरू, पत्रकारलगायत समस्त सरोकारवालाहरूलाई कम्पनीले हार्दिक धन्यवाद व्यक्त गरेको छ ।

हालसम्मको उपलब्धिबाट कम्पनीलाई थप कार्य गर्नका लागि ऊर्जा प्राप्त भएको कम्पनीले जनाएको छ । भविष्यमा अझ ठूलो जिम्मेवारी वहन गर्नका लागि थप प्रेरणा प्राप्त हुने अपेक्षा कम्पनीले लिएको छ ।

साथै, स्टेकहोल्डर्सबाट थप सहयोग तथा विश्वास प्राप्त हुने अपेक्षा समेत कम्पनीले लिएको छ । अगाडि दिनमा कम्पनीले सेवालाई उच्च प्राथमिकता राखी, थप ग्राहकमैत्री बनाई उत्कृष्ठ कारोबार गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

वार्षिकोत्सवको अवसरमा कम्पनीले केन्द्रीय कार्यलय, बुटवल र दमक शाखाहरूमा रक्तदान, समता गुठीलाई नगद सहयोग, मन्दिर सरसफाई, विभिन्न वृद्धा आश्रममा खाद्य सामग्रीहरू वितरण, विद्यालयमा स्टेशनरी सामन वितरण, वृक्षारोपण गरी सातै प्रदेशमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कार्य गरी वार्षिक उत्सव हर्सोउल्लास रूपमा मनाएको छ ।