शुक्रबार, १२ असोज २०८०
DainikNepal.com
शुक्रबार, १२ असोज २०८०

शंकर विसुन्केद्वारा एनआरएनए आईसीसी युवा उपसंयोजकमा उम्मेदवारी घोषणा

दैनिक नेपाल २०८० भदौ १५ गते २१:३८

काठमाडौं, १५ भदौ । गैरआवासीय नेपाली संघ (एनआरएनए) आईसीसीको युवा उपसंयोजकका लागि डा. शंकर बिसुन्केले उम्मेदवारी घोषणा गरेका छन् ।

उनले एनआरएनए आईसीसीको २०२३ देखि २०२५ कार्यकालका लागि एनआरएनए अमेरिकाज क्षेत्रको क्षेत्रीय युवा उपसंयोजकका लागि उम्मेदवारी घोषणा गरेका हुन् ।

‘युवा सशक्तीकरणमार्फत संस्थागत रूपान्तरण’ भन्ने मूल मन्त्र अघि सारेर आफूले उम्मेदवारी घोषणा गरेको उनले बताएका छन् । आम युवाहरूको आवाजलाई सम्बन्धित ठाउँमा पुर्‍याउने र समाधानको खोजी गर्ने प्रतिबद्धता उनले व्यक्त गरेका छन् ।

अमेरिकाज क्षेत्रका युवाहरूलाई लक्षित गरेर उच्च अध्ययन, खेलकुद, रोजगारीलगायत विभिन्न रचनात्मक क्रियाकलापको बारेमा योजना बनाउने र उचित कार्यान्वयन गर्ने लक्ष्य उनको छ ।

यस्तो छ, उनको थप प्रतिबद्धता र अपील–

प्रतिक्रिया
सम्बन्धित