
काठमाडौं, १५ भदौ । पूर्वयुवराज पारस शाह अस्पताल भर्ना भएका छन् ।
स्वास्थ्यमा समस्या देखिएपछि उनलाई शुक्रबार साँझ ह्याम्स अस्पतालमा भर्ना गरिएको हो ।
उनको मुटुमा समस्या देखिएको अस्पतालले जानकारी दिएको छ । उनलाई २४ घन्टा अस्पतालमै राखेर सुपरिवेक्षण गरिने बताइएको छ । उनको अवस्था अहिले सामान्य छ ।
पारसलाई भेट्न पूर्वराजा ज्ञानेन्द्र शाह, पूर्वरानी कोमल र पूर्वयुवराज्ञी हिमानी शाह लगायत अस्पताल पुगेका थिए ।















प्रतिक्रिया