७ कार्तिक २०८३, शनिबार

न्यायाधीस विनोद शर्मा उपर उजुरी आह्वान

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ भदौ । संसदीय सुनुवाई समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश विनोद शर्मा उपर उजुरी आह्वान गरेको छ ।

सिंहदरबारमा शुक्रबार बसेको समितिको बैठकले न्याय परिषद्द्वारा सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरिएका न्यायाधीस विनोद शर्मा उपर उजुरीका लागि आह्वान गर्ने निर्णय गरेको हो ।

समितिका सभापति पशुपतिशम्शेर जवराले संसदीय सुनुवाइको कार्यविधिअनुसार उजुरी दिन १० दिनको सूचना जारी गर्ने निर्णय गरिएको जानकारी दिए ।

सूचना प्रकाशित भएको मितिले १० दिनभित्र स्पष्ट आधार खोली मर्यादित भाषामा सूचना वा उजुरी दिन सकिने उनले बताए । यसअघि भाद्र १० गते बसेको न्याय परिषद्को बैठकले शर्मालाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको थियो ।

उनलाई यसअघि पनि सर्वोच्चको न्यायाधीशमा सिफारिस गरिएको थियो । तर, संसदीय सुनुवाइ नहुँदा सुनुवाई प्रक्रिया रोकिएको थियो ।