शनिबार, २२ वैशाख २०८१
DainikNepal.com
शनिबार, २२ वैशाख २०८१

दिनभरका TOP 15 NEWS: हटाएर देखाउन प्रचण्डको चुनौती, चीनसँग किन रिसाए बालेन ?

दैनिक नेपाल २०८० भदौ १४ गते २१:२५

काठमाडौं, १४ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राम्रो काम गर्दा गर्दै आफूलाई कसैले हटाउन नसक्ने बताएका छन् ।

सुर्खेतमा आयोजित समाजवादी मोर्चाको सभालाई सम्बोधन गर्दै प्रचण्डले आफूले राम्रो काम गरेको जनताले हेरिरहेका र राम्रो काम गर्दागर्दै कसैले हटाउन नसक्ने बताएका हुन् ।

आफूलाई व्यक्तिगत स्वार्थ केही पनि नरहेको उनको भनाइ थियो ।

‘मलाई केही लिनु छैन, केही दिनु छैन । जे छ राष्ट्र र जनताको लागि, क्रान्ति र उपलब्धि रक्षाको लागि हो । यो सरकार कतिसम्म चल्छ मलाई टेन्सन छैन । सरकार टिकाउन यस्तो गर्‍यो र उस्तो गर्‍यो भन्छन् त्यो वाहियात हो,’ उनले भने, ‘राम्रो काम गर्छु । जनताले हेरिरहेका छन्, राम्रो काम गर्दागर्दै कसले हटाउँदो रहेछ हेर्छु,’उनले भने ।

हेरौँ बिहीबार दिनभरका मुख्य-मुख्य समाचारका हेडलाइनहरू–

प्रतिक्रिया
सम्बन्धित