
काठमाडौं, १४ भदौ । त्रिदिवसीय साहित्य महोत्सव ‘काठमाडौँ–कलिङ साहित्य महोत्सव’ मा सहभागी हुन भारतीय अभिनेत्री दिव्या दत्ता नेपाल आएकी छिन् ।
महोत्सवअन्तर्गतका विभिन्न छलफल तथा गोष्ठी (सेसन)मा सहभागी हुन उनी आज नेपाल आइपुगेकी हुन् ।
अभिनेत्री दत्तासँगै अभिनेत्री मनिषा कोइरालाले पनि एउटै मञ्चमा ‘दक्षिण एसियाली सिनेमाका चुनौती र सम्भाव्यता’बारे अन्तक्र्रिया गर्ने कार्यक्रम छ ।

भोलि शुक्रबारदेखि सुरू हुने साहित्य महोत्सवमा नेपालसहित भारत, भुटान, बङ्गलादेश र श्रीलङ्काका लेखक तथा कलाकार भेला हुँदैछन् ।
यषे अन्तर्राष्ट्रिय महोत्सव यशस्वी प्रज्ञा प्रतिष्ठान, नेपाल र कलिङ लिटरेरी फेस्टिभल (केएलएफ) भारतको संयुक्त आयोजनामा हुँदैछ ।















प्रतिक्रिया