७ कार्तिक २०८३, शनिबार

राप्रपाको कार्यालय नभत्काउन महानगरलाई अदालतको अन्तरिम आदेश

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ भदौ । काठमाडौंको धुम्बाराहीस्थित राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यालय नभत्काउन काठमाडौं महानगरपालिकालाई उच्च अदालत पाटनले आदेश दिएको छ ।

न्यायाधीशद्वय सुभाष पौडेल र नारायणप्रसाद पौडेलको संयुक्त इजलासले मुद्दाको टुंगो नलागुञ्जेल भवन तत्काल नभत्काउन अन्तरिम आदेश दिएको हो ।

अदालतले मुद्दालाई अग्राधिकार दिन पनि आदेश दिएको छ ।