
हेटौंडा, १४ भदौ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताले मुलुकलाई झनै अस्थिर र कमजोर बनाएको भन्दै अब विकल्प खोज्नुपर्नेमा जोड दिएका छन् ।
आज मकवानपुरको हेटौंडामा आयोजित कार्यक्रममा थापाले देशको राष्ट्रियता कमजोर भएको, विदेशी प्रभाव र दबाब बढेको, आर्थिक क्षेत्र संकटग्रस्त हुँदै गएको समेत चर्चा गरे ।
भ्रष्टाचारीलाई कारबाही गर्नुपर्ने र कठघरामा उभ्याउनुपर्ने सरकार आफैँ भ्रष्टाचारमा लिप्त भएको भन्दै थापाले भ्रष्टाचारीहरू दण्डित हुनुको सट्टा मुलुकमा ब्रम्हलुट गर्ने प्रतिस्पर्धामा रहेको तथा सरकार भ्रष्टाचारीको संरक्षकको रुपमा प्रस्तुत भइरहेकोमा गम्भीर आपत्ति समेत प्रकट गरे ।
नेपालमा राजासहितको प्रजातन्त्रको मौलिक राज्यप्रणाली अहिलेको आवश्यकता भएको समेत उनले बताएका छन् । धर्म, संस्कृति र पहिचानलाई मेटेर मुलुकको हित नहुने भन्दै उनले अब दुर्घटना उन्मुख मुलुक जोगाउन जनता सडकमा आउनुपर्ने आवश्यकता समेत औँल्याए ।















प्रतिक्रिया