७ कार्तिक २०८३, शनिबार

चीनविरूद्व उत्रिए बालेन, नेपाली भू-भाग भारतमा देखाएपछि स्थगित गरे चीनको भ्रमण

1.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ भदौ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह चीनसँग रूष्ट भएका छन् ।

चीनले नेपाली भूभागसमेत भारतमा देखाएपछि मेयर बालेन रूष्ट हुँदै चीन भ्रमण नै स्थगित गरेका छन् । शाहले चीनले नसोधी नेपाली भू-भागलाई भारतको देखाउनु नेपालको संवेदनशीलतामाथि चालेको गलत कदम भएको भन्दै नैतिकताका आधारमा भ्रमणमा नजाने निर्णय भएको बताएका छन् ।

बिहीबार सामाजिक सञ्जालमार्फत मेयर शाहले चीनको निमन्त्रणामा हुन लागेको ५ दिने भ्रमणमा नजाने निर्णय गरेको जानकारी दिएका हुन् ।

‘हामी नेपालले २०७७ साल जेठ ७ मा लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई समेटेर नयाँ चुच्चे नक्सा निकालेका थियौँ । केही दिन पहिले चीनको प्राकृतिक स्रोत मन्त्रालयले उक्त स्थानलाई हटाएर पहिलेको बुच्चे नक्सालाई कायम गरेर नेपालको नक्सा सार्वजनिक गरेको छ । नेपाली भूभागलाई चीनले नेपाललाई नै नसोधी भारतको देखाउनु हाम्रो संवेदनशीलतामाथि चालेको गलत कदम मानेका छौँ । त्यसैले आज मेरो, चीनको निमन्त्रणामा हुदैँ गरेको ५ दिने भ्रमण नैतीकताको आधारमा नजाने निर्णय गरेको छु,’ उनले लेखेका छन् ।