शनिबार, २२ वैशाख २०८१
DainikNepal.com
शनिबार, २२ वैशाख २०८१

दिनभरका TOP 15 NEWS: अन्तत: पक्राउ परे राहुल महरा, उद्घाटन खेलमै नेपाल पाकिस्तानसँग स्तब्ध

दैनिक नेपाल २०८० भदौ १३ गते २२:३७

काठमाडौं, १३ भदौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिरबाट बरामद गरिएको तस्करीको ६० केजी सुन प्रकरणमा आज थप दुईजना पक्राउ परेका छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) ले आज सिन्धुपाल्चोकका किशोर बस्नेत र पाल्पाका गणेश पौडेललाई पक्राउ गरेको हो । किशोरलाई प्रहरीले भारतबाट नेपाल आउने बित्तिकै विमानस्थलबाट पक्राउ गरेको हो । यो सँगै ६० केजी सुन प्रकरणमा हालसम्म पक्राउ पर्नेको संख्या २५ जना पुगेको छ ।

यस्तै, भेपमा लुकाएर सुन तस्करी गरेको प्रकरणमा मुछिएका पूर्व सभामुख कृष्णबहादुर महराका छोरा राहुल महरा पनि आजै पक्राउ परेका छन् ।

भेपमा सुन तस्करी प्रकरणमा पूर्व सभामुख महरा स्वयम् पनि मुछिएका छन् । राहुलाई अदालदबाट पाँच दिनको म्याद थपेर अनुसन्धान थालिएको छ ।

हेरौँ बुधबार दिनभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरू–

प्रतिक्रिया
सम्बन्धित