७ कार्तिक २०८३, शनिबार

प्रचण्ड नेतृत्वको सरकारलाई नै राष्ट्रिय सहमतीय सरकार बनाउनुपर्छ: मन्त्री किराँती

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ भदौ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले मुलुकलाई अघि बढाउन वर्तमान प्रचण्ड नेतृत्वको सरकारलाई नै राष्ट्रिय सहमतीय सरकार बनाउनुपर्ने बताएका छन् ।

टुरिष्ट बस एशोसियसन अफ नेपालले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा किराँतीले मुलुकका सबै समस्या समाधानका लागि प्रचण्डको नेतृत्वमा राष्ट्रिय सहमतीय सरकार बनाउनुपर्ने र यसका लागि आफू कुर्सी छाड्न पनि तयार रहेको बताए ।

मुलुकमा राजनीतिक स्थायीत्व कायम गर्नका लागि सवैले त्याग गर्न तयार हुनुपर्ने भन्दै मन्त्री किराँतीले राष्ट्रिय सहमतिका लागि आफूले जस्तोसुकै त्याग गर्ने जिकिर गरे ।

उनले सबै राजनीतिक दलहरु मिलेर नै संविधान जारी भएको भन्दै सबैको एकताबाट नै राष्ट्रिय समस्या समाधान हुन सक्ने बताए ।

किराँतीले एकात्मक राज्यका समयमा बनाइएको पर्यटन ऐनलाई अव संघीयता अनुसार परिवर्तन गर्नुपर्ने र यस क्षेत्रलाई अघि बढाउनुपर्ने धारणा राखे ।