
पाल्पा, १३ भदौ । पाल्पामा गुडिरहेको जिपमाथि ढुंगा खस्दा मृत्यु भएका तीनैजनाको पहिचान खुलेको छ ।
गुल्मी सदरमुकाम तम्घासबाट बुटवल जाँदै गरेको लु १ ज ४६०० सय नम्बरको जिपमाथि पाल्पाको रिब्दीकोटमा गाउँपालिकामा ढुंगा खस्दा सवार तीनजनाको मृत्यु भएको हो । आठजना घाइते भएका छन् ।
मृत्यु हुनेमा गुल्मीको रेसुंगा नगरपालिका-७ की ५० वर्षीया मनकला चुँदारा, जिल्ला प्रहरी कार्यालय गुल्मीमा कार्यरत तानसेन पाल्पाका प्रहरी सहायक हवल्दार अन्दाजी वर्ष ३२ का यमबहादुर गोदार र पोखरा महानगरपालिका– २५ का विनोद तिम्सिना रहेका छन् । सो स्थानमा सडक विस्तारको काम भइरहेको थियो।
घाइतेहरूको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको छ । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ भने ७ जनाको अवस्था सामान्य रहेको प्रहरीले जानकारी दिएको छ ।















प्रतिक्रिया