
काठमाडौं, १३ भदौ । काठमाडौंबाट जनकपुरका लागि उडेको बुद्व एयरको जहाजमा समस्या देखिएपछि बाटोबाटै पुन: काठमाडौं फर्काइएको छ ।
जहाजमा नेकपा एमालेका नेताहरूसहित रहेका थिए । सिराहा सचिवालय बैठकका लागि एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष सुवास नेम्वाङ, विष्णु पौडेल, अष्टलक्ष्मी शाक्य, अमृत बोहोरासहितका नेताहरू सोही बुद्ध एयरमार्फत् जनकपुर जाँदै थिए।
अवतरण हुने तयारीमा रहेको जहाजमा समस्या देखिएपछि पुन: काठमाडौं फर्काइएको हो ।
काठमाडौंबाट जनकपुर उडान नं. 501, जहाज 9N-AJO मा प्राविधिक समस्या देखिएको हुँदा जहाजलाई पुनः काठमाडौं अवतरण गराई यात्रुलाई अर्को जहाजबाट जनकपुर पठाउन लागिएको छ । सो जहाजलाई हाम्रो टेक्निकल टिमले चेकजाँच गरिहेका छन् । यसबाट यात्रुवर्गमा पर्नगएको असुविधाप्रति क्षमाप्रार्थी छौं ।
— Buddha Air (@AirBuddha) August 30, 2023















प्रतिक्रिया