२८ आश्विन २०८३, बुधबार

नेपाली वोमन एशोसियसन पोर्चुगलको अध्यक्षमा शान्ति अर्याल

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ भदौ । नेपाली वोमन एशोसियसन पोर्चुगलको अध्यक्षमा शान्ति अर्याल अधिकारी चयन भएकी छन् ।

आगामी आर्थिक वर्ष २०२३/२५ कार्यकालका लागि सामाजिक अभियान्ता साहित्यकार विगत लामो समय पत्रकारिता गरेकी पाल्पाली शान्तिको नेतृत्वमा २५ सदस्सीय कार्यसमिति निर्माण गरेको हो ।

सन् २०१४ मा स्थापित नेपाली नारी समाज पोर्चुगल र २०१९ मा स्थापित नेपाली महिला समाज पोर्चुगलको चौथो संयुक्त अधिवेशनले नेपाली वोमन एशोसियसन पोर्चुगल निर्माण गरेको हो ।

शान्तिको अध्यक्षतामा बनेको कार्यसमितिको उपाध्यक्षमा दिपा लिम्बू , गिता रेउले, रेणु परियार, विन्दु गौतम, इन्दिरा पाण्डे, महासचिव मोनिका भुसाल सचिव शोभा गिरी, दिप्ति काफ्ले, सारा बर्तौला, कोषाध्यक्षमा देवी घिमिरे लगायतका रहेका छन् ।

लिस्बनका लागि अवैतनिक महावाणिज्य दूत मकर हमालको प्रमुख आतिथ्यतामा भएको अधिवेशनमा गैरआवासीय नेपाली संघ युरोप उपसंयोजक तिलक गैरे, युरोप युवा उपसंयोजक रोबर्ट लिम्बू, पोर्चुगलका अध्यक्ष उमेश खड्का लगायत पोर्चुगलका सबै संघ संस्थाहरुको प्रतिनिधि उपस्थिति कार्यक्रम महिला समाजकी अध्यक्ष माया खरेलको अध्यक्षतामा सम्पन्न भएको थियो ।

अधिवेशनमा निर्वाचित कार्यसमितिलाई सबै संघ संगठनका प्रतिनिधिहरुले शुभकामना व्यक्त गरेका थिए भने महिला समाजकी महासचिव शान्ति अर्याल अधिकारीले महिला समाजको र नारी समाजकी महासचिव पुनम गौतमले आफ्नो आफ्नो कार्यप्रगति विवरण प्रस्तुत गरेका थिए ।

पछिल्लो वर्षहरुमा युरोप नै नेपालीहरुको रोजाइमा पर्ने गरेको छ । सहजै वैधानिकता प्राप्त गर्न उद्देश्य राखेर अहिले पोर्चुगलमा नेपालीहरुको ठूलो संख्या बसोवास गर्दछन् । नेपाली नारी समाज पोर्चुगल र नेपाली महिला समाज पोर्चुगल छुट्टाछुटै अस्तित्वमा रहेर सामाजिक कामहरु गर्दै आएका थिए । अब दुबै संस्था एक भएर अगाडी बढ्ने भन्दै गत २७ अगस्टमा एकता अधिवेशन गर्दै नेपाली वोमन एशोसियसन पोर्चुगल निर्माण गरेको हो ।