२९ आश्विन २०८३, बिहिबार

बालिका बलात्कार आरोपमा प्रधानाध्यापक झुलबहादुर थापा पक्राउ

714
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तनहुँ, १२ भदौ । गत साउन ३१ गते बालिकालाई बलात्कार आरोप लागेका तनहुँका एक प्रधानाध्यापकलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले ऋषिङ गाउँपालिका–७ अर्खलाछापस्थित ज्यामिरेमाई प्राथमिक विद्यालयका प्रधानाध्यापक झुलबहादुर थापालाई सोमबार साँझ दमौली बजारबाट पक्राउ गरेको हो ।

जिल्लाकै अमर आधारभूत विद्यालयमा अध्ययनरत १२ वर्षीया छात्रालाई बलात्कार गरेको आरोप लागेपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार थापाले घरमा कोही पनि नभएको मौका छोपी बालिका एक्लै भएको अवस्थामा बलात्कार गरेको पीडित परिवारले प्रहरीसमक्ष बताएका छन् ।