
काठमाडौं, १२ भदौ । नेकपा एमालेका केन्द्रीय सदस्य विष्णु रिजालले नेपालको राजनीतिलाई दुई ध्रुवमा ध्रुवीकृत नगरेसम्म राजनीतिक अस्थिरता र सत्ताको लिलामी हटाउन नसकिने बताएका छन् ।
२७५ सदस्यीय प्रतिनिधि सभामा ३२ सीट अर्थात् ११ प्रतिशत मात्र सहभागी भएको पार्टीलाई देशको नेतृत्व गर्नु भन्ने जनादेश नभए पनि उसैलाई सरकारको नेतृत्वका लागि प्रस्ताव गर्न प्रमुख दुई दल एमाले र कांग्रेस समेत बाध्य बनिरहेको बताउँदै उनले राजनीतिक ध्रुवीकरणको आवश्यकता औंल्याएका हुन् ।
विद्यमान विडम्बना हटाउन वामपन्थी विचार राख्ने शक्ति एमालेको नेतृत्वमा र दक्षिणपन्थी/पुँजीवादी विचार राख्ने पार्टीहरू कांग्रेसको नेतृत्वमा ध्रुवीकृत हुनुपर्ने विचार उनको छ ।















प्रतिक्रिया