
काठमाडौं, १२ भदौ । नेकपा एमालेका पोलिटब्युरो सदस्य ठाकुर गैरेले संसदमा पेश गरिएको ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक’ सरकारले तत्काल फिर्ता गर्नुपर्ने बताएका छन् ।
आज बसेको प्रतिनिधि सभा बैठकमा उनले सरकारले संसदमा पेश गरेको विधेयक कानुन निर्माणका लागि योग्य नभएकाले फिर्ता लिएर पुनर्लेखन गर्नुपर्ने बताएका हुन् ।
उनले केही विषयहरूमा राजनीतिक दलहरूबीच छलफलको समेत आवशयकता रहेको भन्दै पुनर्लेखन नगरी संसदमा पेश गर्न मिल्ने खालको नभएको धारणा व्यक्त गरेका छन् ।















प्रतिक्रिया